०८ साउन २०८३, शुक्रबार

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको निवेदनमा लिखित जवाफ माग

चैत १५, २०८१
काठमाडौं
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको निवेदनमा लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही चैत १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाउने आदेश गरेको छ ।

“यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु”, आदेशमा भनिएको छ ।

आदेशमा उक्त निवेदनमा सुनुवाइ प्राथमिकतासहित अग्राधिकार दिई नियमानुसार पेस गर्नुका साथै प्रस्तुत विवादसँग सम्बन्धित मिसिल कागज प्रमाणहरू महान्यायाधिवक्ताको कार्यालयमार्फत छलफल पेशीका दिन लिई आउनु भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्