काठमाडौं, ५ माघ – चलचित्र राम जानेको ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।
जनक खकुरेलको निर्देशनमा बनेको चलचित्रमा प्राय नयाँ कलाकारको अभिनय रहको छ । कथा तथा पटकथा दिनेश शर्माले लेखेका छन् । चलचित्रमा शर्मा मुख्य भूमिकामा पनि देखिएका छन् ।
चलचित्रमा पवन गौतमको छायांकन देख्न सकिन्छ । किरण राज थापाले सम्पादन गरेको चलचित्रमा रजनी शर्मा, तुयुलाल महर्जन र दक्ष शर्माको संयुक्त लगानी रहेको छ ।