१२ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल

चैत १७, २०८१
काठमाडौं
एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय निरीक्षण गरेका छन् । 

आलोकनगरस्थित कार्यालयमा पुगेर शुक्रबार पूर्वराजा समर्थित आन्दोलनकारीले तोडफोड तथा क्षतिबारे जानकारी लिन उनी आज त्यहाँ पुगेका हुन् ।  घटनाबारे जानकारी लिएपछि महासचिव पोखरेलले उक्त घटनाको निन्दा गर्दै मुलुकका भौतिक संरचना, राजनीतिक दल, सञ्चारगृहमाथि अराजक समूहले गरेको आक्रमण लोकतन्त्रविरुद्ध रहेको बताए । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले पनि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर घटनाक्रमबारे जानकारी लिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । आन्दोलनकारीले ढुङ्गामुढा तथा आगजनी गर्दा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्