११ असार २०८३, बिहीबार

काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन हुने

चैत १८, २०८१
काठमाडौं
काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन हुने

आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । 

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो । 

'एशियाली देशका रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने, केही सिक्ने र केही सिकाउने मन्चका रूपमा कन्फ्रेन्स थालनी गर्न लागेका छौं,’ नेपालका लागि एम्स दूतसमेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने,‘परम्परागत रूपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कोसेढुंगा सावित हुने अपेक्षा गरेका छौं, यस्तो कन्फ्रेन्स सम्भवतः दक्षिण एशियामै पपहिलो हो ।’

दक्षिण एशियाबाहिर अन्य एशियाली मुलुकमा केही अगाडि नै दौडसम्बन्धी यस्ता कार्यक्रम आयोजना हुँदै आएता पनि दक्षिण एशियामा पहिलोपटक नेपालमा यस वर्षदेखि शुरू गर्न लागिएको उनले बताए । 

थाइल्याण्डमा हरेक वर्ष एशिया रोड रेस फोरम हुने गर्दछ । हरेक वर्ष अलग स्थानमा गर्ने अवधारण बमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वल्र्ड(एमपीडब्ल्यू) कार्यक्रम हुँदै आएको छ । 

रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । 

कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए । 

कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । 

त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वबाट ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रुपमा म्याराथन’ विषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटन : आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौड : स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’  गरी दुई विषय रहनेछन् । 

हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् । वक्ता र सहजकर्ताका बारेमा चाँडै टुंगो गरिने आयोजकले जनाएको छ । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकलाई एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजक रहेको मुल आयोजक समिति गठन गरिनेछ ।

कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतना, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरूगरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्