११ साउन २०८३, सोमबार

रास्वपा अरु दलमा अवसर नपाएर आउने ठाउँ होइन- रवि लामिछाने

चैत १८, २०८१
काठमाडौं
रास्वपा अरु दलमा अवसर नपाएर आउने ठाउँ होइन- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी अरु दलमा अवसर नपाएर मात्रै आउने थलो नरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय वनस्थलीमा बसेको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा देश बनाउनका लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी रहेको बताए । 

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने सोमबार साढे ५ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । सोमबार केन्द्रीय समितिका दुई वटा बैठक बसेका थिए । पहिलो बैठकको अध्यक्षता उपसभापति डोलप्रसाद अर्याल (रवि पार्टी कार्यक्रममा नहुँदाका कार्यवाहक सभापति) र दोस्रो बैठकको अध्यक्ष लामिछानेले नै गरेका थिए । 

‘अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनका लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो’, लामिछानेले बैठकमा भनेका कुरा उद्धृत गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौं किलोमिटर हिँड्न तयार छु।’

salt training

कमेन्ट गर्नुहोस्