२४ जेठ २०८३, आइतबार

नेपालमै भएको दुर्गा प्रसाईंको दाबी

चैत १८, २०८१
काठमाडौं
नेपालमै भएको दुर्गा प्रसाईंको दाबी

शुक्रबार तीनकुनेको राजावादी प्रदर्शनमा हिंसा फैलाउन सक्रिय भएको आरोप लागेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।  

उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको सोमबार फेसबुकमार्फत बताए। 

उनले फेसबुकमा भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ १ दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो १ मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

प्रहरीले उनको खोजी गरिरहेपनि अहिलेसम्म फेला पर्न सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्