२४ जेठ २०८३, आइतबार

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

चैत १९, २०८१
तनहुँ
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । ​

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्‍मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

तीनवटै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।

दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्