२४ जेठ २०८३, आइतबार

झारखण्डमा दुइटा मालबाहक रेल आपसमा ठोक्किए, दुई जनाको मृत्यु

चैत १९, २०८१
काठमाडौं
झारखण्डमा दुइटा मालबाहक रेल आपसमा ठोक्किए, दुई जनाको मृत्यु

भारतको झारखण्डमा दुईवटा मालसामान रेलहरू ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

मंगलबार बिहान झारखण्डको साहिबगञ्जमा भएको दुर्घटनामा दुवै चालको ज्यान गएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

दुर्घटनामा चार जना घाइते भएका छन् । दुवै रेल सरकारी पावर कम्पनी एनटीपीसीका थिए ।

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीको हो । यो ट्र्याक मुख्यतया पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्