
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका विवेक खड्का विजयी भएका छन् ।
गएराति सम्पन्न मतगणनाको नतिजाअनुसार सभापतिमा नेविसंघका खड्कासहित उनको प्यानल नै विजयी भएको हो ।
अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्का ११८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी शाहीले ९०७ मत प्राप्त गरे ।
अध्यक्षका अन्य प्रत्यासीहरू प्रकाश विकले २७५ र मिलन बीसीले २३१ मत प्राप्त गरे ।
कूल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ जनाले मतदान गरेका थिए ।