१० असार २०८३, बुधबार

राष्ट्रपतिलाई मह जोडीको आग्रह : देश बन्दैछ, तर नेताहरूलाई सुधार्न घच्घच्याउनुपर्‍यो

चैत २०, २०८१
काठमाडौं
राष्ट्रपतिलाई मह जोडीको आग्रह : देश बन्दैछ, तर नेताहरूलाई सुधार्न घच्घच्याउनुपर्‍यो

​​राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरूलाई घच्घच्याउन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए ।

तर, राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिले सुधारका लागि घच्घच्याउन आफूहरूले सुझाव दिएको उनीहरूले बताएका छन् ।

'देश बिग्रेको होइन, बनिरहेको छ, तर सुशासन पटक्कै भएन, विचौलियाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घच्घच्याइ दिनुपर्‍यो,' आफूहरूले राष्ट्रपतिसँग गरेको आग्रह उद्धृत गर्दै उनीहरूले भने, 'राष्ट्रपतिसँग अरू कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक ।'

salt training

कमेन्ट गर्नुहोस्