०५ साउन २०८३, मंगलबार

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यकक्षमा, ढोका फोरेर भित्र छिराइयो

चैत २१, २०८१
काठमाडौं
महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यकक्षमा, ढोका फोरेर भित्र छिराइयो

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारी र जनप्रतिनिधिले पहरा दिएर कार्यालय प्रवेश गराएका छन् ।

महानगर प्रमुख बालेन्द्र साहले गुरागाईंलाई रोक्न नगर प्रहरी परिचालन गरे पनि उपमेयर सुनिता डंगोल तथा वडाध्यक्षहरूसहित जनप्रतिनिधि र महानगरका कर्मचारीले उनलाई कार्यालय प्रवेश गराएका हुन् ।

कार्यकक्षको ढोका समेत फोरेर उनलाई प्रवेश गराइएको थियो ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोप लगाउँदै बालेनले गत पुस ५ गते प्रशासकीय अधिकृतलाई हटाउने निर्णय गरेका थिए । तर, आन्तरिक छानबिनले उनी निर्दोष देखिएका थिए । 

त्यसपछि संघीय मामिला मन्त्रालयले गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो ।

मन्त्रालयले खटाएको कर्मचारीलाई महानगरले हाजिर गर्न नदिने भनेपछि सरकारसँग महानगरको खटपट चलिरहेको छ ।

कर्मचारी नदिएको भन्दै बालेनले सरकारविरुद्ध शृंखलाबद्ध स्टाटस लेखेका थिए । 

गुरागाईंलाई हटाउने बालेनको एकल निर्णयमा उपमेयर सुनिता डंगोल विपक्षमा थिइन् ।

nullnull

null

null

null

null

null

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्