१० साउन २०८३, आइतबार

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो

चैत २१, २०८१
काठमाडौं
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो

म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको छ । गत साता ७.७ म्याग्निच्यूडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको जुन्ता सरकारले जनाएको छ ।

३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताए । 

'हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौं, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौं,' उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्