१० असार २०८३, बुधबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
दुर्घटनामा  मोटरसाइकल चालकको मृत्यु
उर्लाबारी (मोरङ), ५ माघ - टंकिसिनवारी – ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका चालकको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको छ । 

सोमबार राति को ११ प ४७११ नंको मोटरसाइकल अनियन्त्रित भएर नजिकैको कल्भर्टमा ठोक्किँदा चालक सुनसरी सिसवनी बडहरा – ७ का ३० वर्षीय श्रीप्रसाद चौधरी गम्भीर घाइते भएकामा विराट मेडिकल कलेज टंकिसिनवारीमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्