१५ असार २०८३, सोमबार

बल्खुमा राप्रपाले सरसफाइ गरेपछि बालेनले दिए धन्यवाद, भन्छन्- जरिवाना तिराउने पक्षमा महानगर छैन

चैत २६, २०८१
काठमाडौं
बल्खुमा राप्रपाले सरसफाइ गरेपछि बालेनले दिए धन्यवाद, भन्छन्- जरिवाना तिराउने पक्षमा महानगर छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको कार्यक्रमपछि सरसफाइ गरेकोमा धन्यवाद दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले जरिवाना तिराउने महानगरको चाहना नभएको भन्दै बल्खुमा कार्यक्रमपछि सरसफाइ गरेकोमा उनले राप्रपालाई धन्यवाद दिएका हुन् ।

'कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,' उनले लेखेका छन्, 'राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ ।'

महानगरको उद्देश्य कसैलाई जरिवाना गर्नु नभई स्वच्छता कायम गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्