
बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरू काठमाडौं आउँदैछन् ।
यसअघि सचिवस्तरीय बैठक काठमाडौंमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ ।
सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ । बिमस्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरूले भर्चुअल रूपमा सहभागिता जनाउने मन्त्रालयले जनाएको छ ।
बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन् । बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्री मंगलबार बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
बैठकमा सदस्य राष्ट्रमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।