१६ असार २०८३, मंगलबार

नारायणी नदीमा बेपत्ता दिदीभाइको शव भेटियो

चैत २७, २०८१
काठमाडौं
नारायणी नदीमा बेपत्ता दिदीभाइको शव भेटियो

नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव भेटिएको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका उनीहरूको बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो ।

सोही ठाउँ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा नुहाउने क्रममा मंगलबार साँझ उक्त नदीमा डुबेर बेपत्ता भएका थिए । 

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बुढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान ११:३० बजे निकालेको हो ।

यस्तै, दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो करिब १२:३० बजे निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्