२७ जेठ २०८३, बुधबार

सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल राना अख्तियारको नियन्त्रणमा

चैत २७, २०८१
काठमाडौं
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल राना अख्तियारको नियन्त्रणमा

सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत सहायक लेखापाल खड्कबहादुर राना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले रानालाई सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएको हो । 

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्