२५ जेठ २०८३, सोमबार
राहतको सास

पानी परेसँगै घट्यो काठमाडौंको वायु प्रदूषण

चैत २८, २०८१
काठमाडौं
पानी परेसँगै घट्यो काठमाडौंको वायु प्रदूषण

पानी परेसँगै काठमाडौंको वायु प्रदूषण घटेको छ । उपत्यकामा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो। 

हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १०औँ स्थानमा झरेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८ बजेको मापनअनुसार काठमाडौंको समग्र एक्यूआई १५२ छ । 

वायु प्रदूषणको दृष्टिले पाकिस्तानको लाहोर पहिलो र चीनको साङघाई दोस्रो स्थानमा छन् । चीनकै बेइजिङ तेस्रो स्थानमा छ । 

काठमाडौंमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा शुरू भएको थियो। गएराति र आज बिहान पनि काठमाडौंमा सामान्य वर्षा भएको छ। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारणवायु प्रदूषणको मात्र उच्च भएको थियो । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ। दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक मानिन्छ।

salt training

कमेन्ट गर्नुहोस्