धनुषा, ५ माघ - सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनबिना सरकारले चुनाव गराउन खोजे आफूहरुलाई मान्य नहुने बताएका छन् ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको विरोध मधेसी जनताले गरेको बेलामा चुनाव गराउन खोजे मधेसी जनता निर्वाचनमा सहभागी नहुने जिकिर गरे । उनले भने – “संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ ।”