३१ जेठ २०८३, आइतबार

पत्रकार रजकको परिवारलाई न्याय दिलाउन पहल गर्ने माओवादीको प्रतिवद्धता

चैत २९, २०८१
काठमाडौं
पत्रकार रजकको परिवारलाई न्याय दिलाउन पहल गर्ने माओवादीको प्रतिवद्धता

नेकपा (माओवादी केन्द्र)का उपाअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताएका छन् । 

बिहीबार ताहाचलस्थित रजकको घर पुगी उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताए । 

पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवारले उठाएको मागमा आफूहरूको पनि समर्थन रहेको स्पष्ट पारे। त्यसक्रममा रजकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई शहीद घोषणा र तीनकुनेमा उनको सालिक बनाउन पहल गर्न आग्रह गरेका थिए । 

विवादित मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित भीडले यही चैत १५ गते तीनकुनेमा निजी घरमा गरेको तोडफोड र आगजनीमा परी प्रदर्शनको दृश्य छायाङ्कन गरिरहेका पत्रकार रजकको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्