१५ असार २०८३, सोमबार

न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना मृत्यु

चैत २९, २०८१
काठमाडौं
न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना मृत्यु

अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । 

न्युयोर्कस्थित हडसन नदीमा भएको दुर्घटनामा तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक र एक जना पाइलट थिए ।

मृतकहरूको पहिचान खुलाइने छैन । 

दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र त्यसपछि हडसन नदीमा खसेको देखिएको छ । 

हेलिकप्टरले न्यू जर्सीको किनारमा जान जर्ज वाशिंगटन ब्रिजमा घुम्ने बित्तिकै नियन्त्रण गुमाएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्