१० असार २०८३, बुधबार

बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु

चैत २९, २०८१
काठमाडौं
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु

भारतको बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु भएको छ । बिहार मुख्यमन्त्री कार्यालय (बिहार सीएमओ)द्वारा जारी विज्ञप्तिअनुसार नालन्दामा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ ।

नालंदा बाहेक सिवानमा २, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

आँधीका कारण नालन्दा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ १८ जनाले ज्यान गुमाएका छन् । यीमध्ये ६ जनाको मृत्यु केवल रूख ढलेर ज्यान गएको समाचारमा उल्लेख छ । 

मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले परिवारलाई प्रतिपरिवार ४ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । 

मुख्यमन्त्रीले राज्य विपद् व्यवस्थापन विभागलाई राहत र उद्धार कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्