१० असार २०८३, बुधबार

एक साताभित्र निर्वाचन मिति घोषणा हुने

कात्तिक २०, २०७४
एक साताभित्र निर्वाचन मिति घोषणा हुने



बाँके, ५ माघ - नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको बताए । उनले भने –“संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी छ, सबैका माग र मुद्दा समावेश गरेरै चुनाव हुन्छ ।”

उनले भने , “सबैभन्दा पहिला मिति घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउन सहज हुन्छ, त्यसपछि संविधान संशोधनलगायत विषयमा सहमति गरी छिट्टै टुङ्गो लाग्छ ।” प्रतिपक्षमा रहेका दललाई यही सरकारमा सहभागी हुन आग्रह गर्दै नेता श्रेष्ठले यही सरकारले चुनाव सम्पन्न गराउने जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्