१० असार २०८३, बुधबार

करेन्ट लागेर २ जनाको मृत्यु

चैत ३०, २०८१
काठमाडौं
करेन्ट लागेर २ जनाको मृत्यु

कैलाली र झापामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका- १९ फूलबारीका २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको कन्काई नगरपालिका- १ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बिर्तासिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्