१५ असार २०८३, सोमबार

सुरक्षाकर्मी परिचालन गरेर नागढुंगा सुरुङमार्गको काम अघि बढाउन खोजेपछि विवाद

चैत ३१, २०८१
काठमाडौं
सुरक्षाकर्मी परिचालन गरेर नागढुंगा सुरुङमार्गको काम अघि बढाउन खोजेपछि विवाद

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ स्थित नागढुंगा सुरुङमार्गको प्रवेश बिन्दुमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

माग पूरा नभएको भन्दै काममा अवरोध गरेर स्थानीय आन्दोलित भएका बेला बिहानै सुरक्षाकर्मी परिचालन गरिएको हो । 

सुरक्षाकर्मी राखेर काम अगाडि बढाउन खोजिए पनि स्थानीयले अवरोध कायमै राखेका छन् । उनीहरूले जबरजस्ती काम अघि बढाइएको भन्दै आयोजनाको कार्यालयमा तोडफोड गरेका छन् ।

सुरक्षाकर्मीले आफूहरूलाई धरपकड गरेको नागढुङ्डा अलाइन्टमेट संघर्ष समितिका अध्यक्ष विकास कडेँलले बताए । 

स्थानीयको अवरोधका कारण अन्तिममा पुगेको काम एक महिनादेखि रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्