
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकलाई सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको हो।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन्।
आर्थिक वर्ष ०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा बैंकले पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएको हो।
सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
नबिलले देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।