०५ साउन २०८३, मंगलबार
लगातार दोस्रो जीत

यू–१९ विश्वकप छनोट : नेपालले ओमानलाई ८ विकेटले हरायो

बैशाख १, २०८२
काठमाडौं
यू–१९ विश्वकप छनोट : नेपालले ओमानलाई ८ विकेटले हरायो

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

मूलपानी मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्‍यो । ११८ रनको झिनो लक्ष्य नेपालले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालको जीतमा ओपनरद्वय साहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रनको योगदान गरे । कप्तान नरेन भट्टले १२ तथा सन्तोष यादवले १० रनको अविजित पारी खेले । 

यसअघि युवराज खत्रीले घातक बलिङ गर्दै १५ रन खर्चिएर ५ विकेट लिएपछि नेपालले ओमानलाई ११७ रनमा समेटेको थियो ।

पहिलो खेलमा नेपालले यूएईलाई डीएलएस मेथडमा  हराएको थियो । 

जीतसँगै नेपाल ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । नेपाल र ओमानका अलावा अफगानिस्तान, यूएई र हङकङ गरी ५ टोली सहभागी प्रतियोगिताको शीर्ष टीम विश्वकपमा छनोट हुनेछ ।

प्रतियोगितामा समान २ खेल जितेको अफगानिस्तान पहिलो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्