३१ जेठ २०८३, आइतबार

आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट बजारमा, के-के छन् विशेषता ?

बैशाख २, २०८२
काठमाडौं
आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट बजारमा, के-के छन् विशेषता ?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)देखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

साबिककै आकार तथा रंगमा ०००००१ देखि भ ९९९९९९का नोट चलनचल्तीमा ल्याएको हो । 

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्