११ असार २०८३, बिहीबार

रुकुम पश्चिमका २२ हजार घरधुरीमा जोडियो केन्द्रीय विद्युत्

बैशाख २, २०८२
रुकुम पश्चिम
रुकुम पश्चिमका २२ हजार घरधुरीमा जोडियो केन्द्रीय विद्युत्

रुकुम पश्चिमको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडिएको छ ।

छ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ । 

हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठबीसकोट नगरपालिका– ३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।

केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरूमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् ।

जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।

जिल्लामा सञ्चालन भइरहेको पुनः विद्युतीकरण परियोजना तथा भम्पू चौर सवस्टेशनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए । 

जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब रु १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्