१० असार २०८३, बुधबार

जुम्लाको तातोपानीमा बन्यो लिफ्ट सिँचाइ, ३५ परिवार लाभान्वित

बैशाख ३, २०८२
जुम्ला
जुम्लाको तातोपानीमा बन्यो लिफ्ट सिँचाइ, ३५ परिवार लाभान्वित

जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्यांकी र दुई वटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ । 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्