०९ असार २०८३, मंगलबार

ग्यासको मूल्य घट्यो

कात्तिक २०, २०७४
 ग्यासको मूल्य घट्यो


रुपन्देही, ५ माघ - रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ ।gas-nepal

आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन ।

नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो । निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउने छन् । रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्