
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
कार्यवाहक सभापति डीपी अर्यालले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने झाले जानकारी दिए।