०५ असार २०८३, शुक्रबार

माओवादी अभियान रुपन्देही पुग्यो, यस्तो छ आज दिनभरको प्रचण्डको कार्यक्रम

बैशाख ४, २०८२
बुटवल
माओवादी अभियान रुपन्देही पुग्यो, यस्तो छ आज दिनभरको प्रचण्डको कार्यक्रम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

माओवादी केन्द्रले सञ्चालन गरिरहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।

बुधबार पूर्वी र पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुँदै बुटवल–नारायणगढ सडकको समेत उनले निरीक्षण गरेका थिए । अध्यक्ष प्रचण्ड बिहान साढे ५ देखि ८: ३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् । 

यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसीएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायण जिसी (निर्मल)ले जानकारी दिए ।

दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्