०९ असार २०८३, मंगलबार

तिलौराकोटको अवलोकन भ्रमणपछि प्रचण्डले भने- बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ

बैशाख ५, २०८२
कपिलवस्तु
तिलौराकोटको अवलोकन भ्रमणपछि प्रचण्डले भने- बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन् ।

उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै भने, 'हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं ।'

उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे । 

ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर  बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए।

लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्थामा यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताउँछन्।

अध्यक्ष प्रचण्डको यो अवलोकनले तिलौराकोट क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा विकास गर्न थप बहस र पहलको आवश्यकता रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्