०१ साउन २०८३, शुक्रबार

टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बैशाख ५, २०८२
बारा
टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

जीतपुर सिमरा नगरपालिका १६ मा प्र २-०३-००१ ख ०६०७ नम्बरको टिपर र बा ०१-०२५ च ५०७६ नम्बरको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।​

प्रहरीका अनुसार निजगढबाट पथलैया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आइरहेको कार शुक्रबार दिउँसो एक-आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा कारका चालक सर्लाहीको सुन्दरपुरका जीतनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा- १५ का नारायणहरि शर्माको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषित गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्