०७ असार २०८३, आइतबार

नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

बैशाख ५, २०८२
काठमाडौं
नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् ।

उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताएका हुन् । 

सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए । 

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए ।

देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्