३१ असार २०८३, बुधबार

डुबान रोक्न महानगर थाल्यो नाला सफाइ

बैशाख ६, २०८२
काठमाडौं
डुबान रोक्न महानगर थाल्यो नाला सफाइ
फाइल फोटो

वीरगञ्ज महानगरपालिकाले बर्सातको समयमा बजार क्षेत्रमा हुनसक्ने सम्भावित डुबानलाई लक्षित गरेर नाला सरसफाइको काम अगाडि बढाएको छ । 

महानगरले घण्टाघर नजिकै रहेको जिल्ला हुलाक कार्यालयदेखि भन्सार कार्यालय क्षेत्रसम्मको मुख्य नाला सरसफाइको कामलाई तीव्रता दिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले बर्सातको समयमा डुबानको समस्या हुन नदिन नाला सफाइको कामलाई अघि बढाइएको जानकारी दिए । 'मुख्य सडकको नालादेखि सहायक सडकका नाला पनि सरसफाइ हुँदै आइरहेको छ,' उनले भने, 'महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाइको काम भइरहेको छ ।'

महानगरका अनुसार छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको काम सकेर हाल दक्षिणतर्फ भन्सारसम्म सफाइको काम भइरहेको छ ।

महानगर प्रमुख सिंहले स्काभेटरले सफाइ गर्न सक्ने ठाउँमा त्यसले र नसक्ने ठाउँमा मानव जनशक्ति खटाएर सरसफाइ भइरहेको बताए ।

शहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

मुख्य नाला सफाइ गर्न चारवटा स्काभेटर र २५ जना सफाइकर्मी दैनिक खटिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्