२६ जेठ २०८३, मंगलबार

संयुक्त आन्दोलन समितिद्वारा राप्रपालगायतको कार्यक्रमलाई समर्थन

बैशाख ६, २०८२
काठमाडौं
संयुक्त आन्दोलन समितिद्वारा राप्रपालगायतको कार्यक्रमलाई समर्थन

वर्तमान व्यवस्था विरोधमा रहेको संयुक्त आन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमावैशाख ७ गतेदेखि राप्रपा लगायत विभिन्न देशभक्त, राष्ट्रवादी दल, समूह तथा अभियानहरूले आयोजना गर्न लागेको कार्यक्रमहरूप्रति समर्थन र सहयोग रहने जानकारी दिएको छ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा ती आन्दोलनहरूमा सहभागी भई सहयोग गर्न आह्वान गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, समितिको उद्देश्य देशको मौलिक पहिचान, राष्ट्रियता र धर्म-संस्कृतिको संरक्षण गर्दै भ्रष्टाचारमुक्त र सुशासित नेपाल निर्माण गर्नु रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्