
सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरू पक्राउ गरेका छन् ।
पम्प्लेट प्रदर्शन र गणतन्त्रविरुद्ध नाराबाजी गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको हो ।

राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको छ ।
अन्य नेता/कार्यकर्ता बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका बेला अध्यक्ष लिङ्देन लगायतले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

यसअघि ज्ञानेन्द्र शाहीलगायतले आफूहरूलाई संसदीय दलको कार्यालयमै रोकिएको बताएका थिए ।
४ सांसद संसदीय दलको कार्यालयबाट निस्किन नपाएको खबरपछि अध्यक्ष लिङ्देन पनि कार्यालयमा पुगेका थिए ।

त्यहाँबाट बाहिरिने क्रममा सिंहदरबारभित्रै नेताहरूले पम्प्लेट प्रदर्शन गरेका थिए ।
त्यसपछि सिंहदरबार गेटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
