०९ असार २०८३, मंगलबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिमा शर्मा

बैशाख ८, २०८२
काठमाडौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिमा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।

नयाँ उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानको भनाइ छ ।

शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्