११ साउन २०८३, सोमबार

भीम रावललाई साथ दिने एमाले नेता निष्कासित

बैशाख ८, २०८२
काठमाडौं
भीम रावललाई साथ दिने एमाले नेता निष्कासित

भीम रावललाई साथ दिने एमाले सुदूरपश्चिमका एक नेता पार्टीबाट निष्कासित भएका छन् । 

एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै  प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ ।’

रावलले हाल ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टीका लागि अभियान चलाइरहेका छन् । रावललाई साथ दिएको भनेर निष्कासनमा परेका कुँवर पनि अछामकै हुन् । 

salt training

कमेन्ट गर्नुहोस्