
कीर्तिपुरका गणेश गौतम तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
८८ वर्षीय गौतम यही वैशाख ६ गते बिहान साढे ७ बजेतिर कीर्तिपुर-२ ट्याङ्ग्लाफाँटबाट मैत्रीनगरस्थित छोराको घर जान भनेर हिँडेका थिए ।
तर उनी हालसम्म सम्पर्कमा नआएको परिवारले बताएका छन् ।
परिवारले खोज तलासका लागि प्रहरी चौकी बल्खुमा निवेदन दिएका गौतमका आफन्त भुपाल पोखरेलले जानकारी दिए ।
कसैले देखे/भेटेमा वा केही जानकारी भए ९८४१४३५५५८, ९८५१२२८८९९, ९८४१०९३१११ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।