१० असार २०८३, बुधबार

देउवा मन्त्रीमण्डलकी मन्त्रीको दाबी, तनहुँमा कांग्रेसले सबै सीट गुमाउँछ [भिडियो अन्तर्वार्ता]

मंसिर १३, २०७४
देउवा मन्त्रीमण्डलकी मन्त्रीको दाबी, तनहुँमा कांग्रेसले सबै सीट गुमाउँछ [भिडियो अन्तर्वार्ता]

तनहुँ, १३ मंसिर– कांग्रेस नेतृत्वको वर्तमान सरकारकी विनाविभागिय मन्त्री आशा कोइराला खनाल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीचको चुनावी प्रतिष्पर्धाले तनहुमा प्रतिनिधिसभा भन्दा प्रदेश सभाको चुनाव रोचक बनेको छ । 

तनहुँ क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा ‘क’को उम्मेदवार रहेकी कोइरालाले तनहुमा वामपन्थी गठबन्धनले सबै सिट जित्ने दावी गरिन् ।

चुनाव प्रचारको शिलसिलामा शिशाघाटमा भेटिएकी कोइरालाले लोकान्तरसँगको कुराकानीमा प्रदीप पौडेलले आफूसंग प्रतिष्पर्धा गर्न नसक्ने टिप्पणी गरेकी हुन् । ‘प्रदीपजी कांग्रेसको केन्द्रीय सदस्य त हो, तर तनहुको विकासमा उहाँको भूमिका शून्य जस्तै छ । क्याम्पसमा राजनीति गरेजस्तो सझिलो छैन’ उनले भनिन् ।

तर कोइरालाको आरोपलाई भने पौडेल स्विकार गर्दैनन् । उनले आफूसँग चुनाव जित्ने एजेण्डा भएको दाबी गर्दै कोइरालाले लगाएको आरोप टिप्पणी गर्न लायक नभएको बताए । 

२०६४ सालको चुनावमा प्रत्यक्ष चुनाव लडेर सम्मानजनक मत ल्याएको तथा वामपन्थी गठबन्धनका कारण आफूहरु फराकिलो मतअन्तरले अगाडी रहेको उनले दावी गरिन । २०६४ सालको चुनावमा यो क्षेत्रबाट एमालेका किरण

गुरुङले १४ हजार मत पाएर विजयी हुँदा तेस्रो स्थानमा रहेकी आशाले १२ हजार भोट पाएकी थिइन् । 

कांग्रेसको भन्दा वामपन्थीको भोट दोब्बर रहेको कोइरालाले दावी गरिन् । 

नचिताएको खोलाले बगाउन सक्छ : 

आशाका प्रतिष्पर्धी कांग्रेस नेता पौडेल तनहुको अन्य क्षेत्रमा प्रचारमा जुटिरहेको समयमा कांग्रेसका स्थानीय नेताहरुले भने प्रदीपले चुनाव जित्ने दावी गरे । ‘नपत्याउने खोलाले बगाउँन सक्छ, प्रदीपले चुनाव जित्ने सम्भावना बढी छ’ स्थानीय चन्द्र गिरीले भने । 

शिशाघाटमा वामपन्थी गठबन्धनको कार्यक्रम चलिरहेको समयमा कांग्रेसको प्रचार कार्यालयमा रहेका कांग्रेस कार्यकर्ता बलराम गिरीले प्रदीप देशका आशावादी युवा रहेको बताए । ‘प्रदीपले जितेमा तनहुको विकासमा मद्दत पुग्छ भन्ने स्थानीयको विश्वास छ, यसपटक यहाँबाट प्रदेशका लागि जित्ने प्रदीप नै हो’ उनले ठोकुवा गरेर भने । 

प्रतिनिधिसभाका लागि कांग्रेसको तर्फबाट शंकर भण्डारी र वामपन्थी गठबन्धनबाट एमालेका केदार सिग्देल उम्मेदवार छन् । चुनाव ज.नजिकिदै गर्दा उम्मेदवारले प्रचार प्रसारको कामलाई तीब्र बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्