१० असार २०८३, बुधबार

गाउँपालिकाका कर्मचारी मृत फेला

बैशाख ८, २०८२
खोटाङ
गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका– १ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।

रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि परेको अवस्थामा मृत भेटिएका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए ।​ 

मृतक रेग्मी गएराति दाजुको घरबाट करिब  ८:३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ ।

उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान शुरू गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् ।

मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाशमा जानेवाला थिए ।

salt training

कमेन्ट गर्नुहोस्