
नागरिक लगानी कोषले १ अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ ।
बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उनीहरूको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले उक्त रकम प्रदान गरिएको हो ।
कोषको सञ्चालक समिति बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।
बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको कोषले जनाएको छ ।
यसअघि पनि कोषले प्रतिफल प्रदान गर्दै आएको थियो ।