
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ५१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५६ रूपैयाँ ७० पैसा र बिक्रीदर १५७ रूपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १८ रूपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०० पैसा र बिक्रीदर ३७ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १० पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४ रूपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९९ पैसा र बिक्रीदर २१ रूपैयाँ ०८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रूपैयाँ ५१ पैसा र बिक्रीदर १७ रूपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।