१४ असार २०८३, आइतबार

शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै जनकपुरमा विचार गोष्ठी

बैशाख ९, २०८२
जनकपुरधाम
शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै जनकपुरमा विचार गोष्ठी

नेपाल-भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी गरिएको छ । 

उक्त कार्यक्रमको मुख्य विषयमा पुरी शंकराचार्यका शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यको आगामी देवडिहा आगमन रहेको थियो ।

गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गरे । उनले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गरे । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा थिए । उनले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा आफ्ना विचारहरू राखे । 

विशेष अतिथिका रूपमा नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आरएन झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, शुभास झा लगायत उपस्थित थिए । 

समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सीमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै खुला सीमालाई पूर्ण रूपले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्