०५ असार २०८३, शुक्रबार

कञ्चनपुरमा जलेको अवस्थामा मोटरसाइकलसहित शव फेला

बैशाख ९, २०८२
कञ्चनपुर
कञ्चनपुरमा जलेको अवस्थामा मोटरसाइकलसहित शव फेला

कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, मंगलबार बिहान तोरीको भुसमा लागेको आगोमा मोटरसाइकलसहित शव जलेको अवस्थामा फेला परेको हो।

प्रहरीले हालसम्म मृतकको पहिचान खुलाइसकेको छैन भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।


 

salt training

कमेन्ट गर्नुहोस्