१७ असार २०८३, बुधबार

ओमोडा एन्ड जेइकोको ‘ओ-युनिभर्स’ अवधारणा : भविष्यको प्रविधि र अफ-रोड जीवनशैलीको संगम

बैशाख ९, २०८२
काठमाडौं
ओमोडा एन्ड जेइकोको ‘ओ-युनिभर्स’ अवधारणा : भविष्यको प्रविधि र अफ-रोड जीवनशैलीको संगम

ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरका निम्ति वैशाख १२ गते (शुक्रबार) ‘ओ-युनिभर्स’ विशेष कार्यक्रम गर्ने भएको छ ।

विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट निर्मित ‘ओ–ल्याब’ र जेइकोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे–ल्यान्ड’का दुई फरक अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

ओमोडाको ‘ओ-ल्याब’ अनुभूति भविष्यको प्रविधियुक्त सहर झैँ हुनेछ। एलइडी स्क्रिन, रोबोट, ड्रोन र अन्तरक्रियात्मक प्रदर्शनीमार्फत आगन्तुकले सन् २०५० को जीवनशैलीको अनुभव लिन सक्नेछन्। सोही अवसरमा ओमोडाको हाइब्रिड मोडल ‘सी-सेभेन एसएचएस’ र पूर्ण विद्युतीय ‘इ–फाइभ’ गाडी प्रदर्शनीमा रहनेछन्।

जेइकोको ‘जे-ल्यान्ड’ मा भने हरियाली र डाँडाकाँडाको अनुभूति दिइनेछ। यहाँ अफ-रोड गाडीहरू—‘जे–फाइभ बिइभी’, ‘जे–सेभेन एसएचएस’ र ‘जे–एट एसएचएस’ देख्न सकिनेछ। सहभागीले जंगल क्षेत्र हुँदै क्याम्पिङ टेस्ट ड्राइभको अनुभव पनि लिन सक्नेछन्।

ओमोडा एन्ड जेइकोले ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’को नयाँ सोचमार्फत भविष्यको जीवनशैली पुन: परिभाषित गर्दैछ। 

ओमोडाले प्रविधि र कलाको संयोजनमार्फत ‘फ्युचरिस्टिक लाइफस्टाइल’ देखाउन खोजेको छ भने जेइकोले प्रकृतिसँग नजिक रहने, साहसिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा समावेश 'सि-थ्रि साइबर मेका आर्ट ग्यालरी' र 'इन्टेलिजेन्ट लाइट इन्स्टलेसन' ले नयाँ पुस्ताका लागि डिजाइन र मोबिलिटीको भविष्य के कस्तो हुन सक्छ भन्ने कुराको झलक दिनेछन्। यसले ओमोडा एन्ड जेइकोलाई सिर्जनात्मक प्रविधि र नवप्रवर्तनको अग्रणी ब्रान्डका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्