०४ असार २०८३, बिहीबार

बलात्कार मुद्दामा न्यायाधीश गिरीले सफाइ पाएपछि आरती रावलको अर्धनग्न धर्ना

बैशाख ९, २०८२
बुटवल
बलात्कार मुद्दामा न्यायाधीश गिरीले सफाइ पाएपछि आरती रावलको अर्धनग्न धर्ना

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल धर्ना बसेकी छन् ।​​​

मंगलबारदेखि उच्च अदालत बुटवलको गेट अगाडि रावत अर्धनग्न अवस्थामा धर्ना बसेकी हुन् । उनी उच्च अदालत तुलसीपुर इजलास बुटवलमा अर्धनग्न धर्ना बसेकी हुन्। 

रावलले दायर गरेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई २०८१ चैत ३१ गते सफाइ दिएको थियो । न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले आरती रावल धर्ना बसेको केही मिनेटमा प्रहरी हटाएर परिवारको जिम्मा लगाएको लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्